राजनीति

कोशी प्रदेशको नामकरणबाट एमाले पछि हट्दैन : अध्यक्ष ओली

नवलपुर टुडे
२०८० असार १७ | मध्यान्ह ०८:०३ बजे

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशको नामकरणबाट पार्टी पछि नहट्ने स्पष्ट पारेका छन् ।

संसद भवन बानेश्वरमा आइतबार सञ्चारकर्मीसँग सक्षिप्त कुरा गर्दै ओलीले कोशी प्रदेशको नामकरणबाट अन्य दल पछि हटे पनि एमाले पछि नहट्ने स्पष्ट पारेका हुन् । कोशीको नामकरणमा मत दिने कांग्रेस, माओवादी, जसपा सवै भागेको तर एमाले नभाग्ने उनको भनाइ छ ।

अध्यक्ष ओलीले ललिता निवास प्रकरणका विषयमा भने राम्रोसँग बुझ्न नपाएको तर्क गरे ।

कमेन्टहरु