अमेरिकाविरुद्ध नेपाल ६ विकेटले विजयी
धर्मेन्द्र कुमार कुर्मी
२०८० असार ५ | मध्यान्ह ०८:०३ बजे

काठमाडौ । जिम्बाब्वेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोटमा नेपालले पहिलो जित निकालेको छ। पहिलो जित निकाल्नेक्रममा नेपालले मंगलबार अमेरिकालाई ६ विकेटले हरायो।
अमेरिकाले दिएको २०८ रनको लक्ष्य नेपालले ४३ ओभरमा ४ विकेट गुमाएर भेट्टायो। नेपालको जितमा भी सार्कीले अविजित ७७, कुशल भुर्तेलले ३९, दीपेन्द्र सिंह ऐरीले अविजित ३९, रोहित पौडेलले १६, कुशल मल्लले १३ र आसिफ शेखले १२ रनको योगदान दिए।
नेपालका लागि बलिङमा करण केसीले ९ ओभरमा ३ मेडनसहित ३३ रन दिएर महत्वपूर्ण ४ विकेट लिए। यस्तै, गुलशन झाले ३, दीपेन्द्र सिंह ऐरीले २ र ललित राजवंशीले १ विकेट लिए। नेपालले अब तेस्रो खेल बिहीबार वेस्ट इण्डिजविरुद्ध खेल्नेछ।























