प्युठान कार दुर्घटनामा ४ जना बालबालिकासहित ८ जनाको मृत्यु

नवलपुर टुडे


बुटवल, जेठ २९ । प्यूठानमा कार दुर्घटनमा परी मृत्यु हुनेको संख्या ८ जना पुगेको छ । स्वर्गद्वारी नगरपालिका –४ भेतुकेमा कार दुर्घटना हुँदा ४ जना बालबालिकासहित ८ जनाको मृत्यु भएको हो ।
स्वर्गद्वारी मन्दिर दर्शन गरी फर्किने क्रममा स्वर्गद्वारी नगरपालिका –४ भेतुकेमा लु १ च ६३४५ नम्बरको कार दुर्घटना हुँदा ८ जनाको मृत्यु भएका हुन । कार अनियन्त्रिण भई सडकबाट ५० मिटर तल खस्दा कारमा सवार ४ बालबालिकासहित २ पुरुष र २ महिला गरी ८ जनाको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रवक्ता सुशील थापाले जानकारी दिए ।
घटनास्थलबाट घाइतेहरुको उद्धार गरी जिल्ला अस्पताल प्यूठान पुर्याए लगतै ८ जनालाई चिकित्सकले मृत घोषणा गरेको थापाले बताए । मृतकको शव जिल्ला अस्पतालमा राखिएको छ । मृत्यु हुनेहरुको पहिचान खुल्न बाँकी रहेको प्रवक्ता थापाले जानकारी दिए ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















