Opens in a new tab

जिल्ला निर्वाचन खारेजीका विषयमा दलहरूसँग छलफल गर्दै आयोग 

नवलपुर टुडे

29Shares
dida bag ad

काठमाडौं, जेठ २६ । निर्वाचन आयोगले जिल्ला निर्वाचन खारेजीलगायत विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बोलाएको छ । बिहान साढे ११ बजे आगोगको सभाहलमा बस्नेगरी बैठक बोलाइएको छ ।

जेठ १५ गते प्रस्तुत भएको बजेट वक्तव्यमा अर्थमन्त्री डा। प्रकाशशरण महतले चालु खर्च कटौती गर्न २० वटाभन्दा बढी निकाय खारेज गर्ने बताएका थिए । जसमा जिल्ला निर्वाचन कार्यालयहरू खारेज गरी जिल्ला प्रशासन कार्यालयको इकाइको रूपमा राख्ने र निर्वाचन कार्यालयहरु प्रदेशमा मात्र रहने बजेट वक्तव्यको अनुसुचीमा उल्लेख छ । 

सोही लगायतका विषयमा छलफल गर्न संसद्मा प्रतिनिधित्व गर्ने १४ दललाई आयोगले बोलाएको छ । आर्थिक वर्ष २०८०,०८१ को बजेट वक्तव्यको अनुसूचीमार्फत जिल्ला निर्वाचन कार्यालयको विषयमा गरिएको व्यवस्था, निर्वाचन व्यवस्थापनसम्बन्धी विधेयक नेपाल सरकारमार्फत संसद्मा पेस, विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली संकलन र राजनीतिक दलको लेखा तथा लेखापरीक्षण बैठकका एजेण्डा रहेको आयोगले जनाएको छ । 

अरुपनि पढ्नुहोस

सबै

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

२०८३ कार्तिक २० | मध्यान्ह ०१:०७ बजे

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन

२०८३ कार्तिक २० | बिहान ११:०७ बजे