शिवराज साझेदारी वनमा मनिष गुप्ताले अध्यक्ष पदमा उम्मेदवारी दिने
धर्मेन्द्र कुमार कुर्मी


कपिलवस्तु, जेष्ठ २४ । कपिलवस्तुको शिवराज नगरपालिका- ५ मा रहेको शिवराज साझेदारी वन व्यवस्थापन समितिको अध्यक्ष पदमा मनिष गुप्ताले उम्मेदवारी घोषणा गर्नु भएको छ ।
शिवराज नगरपालिका र कृष्णनगर नगरपालिकाका ८ वटा वडाका उपभोक्ताहरु रहेको साझेदारी वनको यहि जेठ ३१ मा हुने अधिवेशनमा अध्यक्ष पदका लागी आफ्नो उम्मेदवारी रहेको गुप्ताले घोषणा गर्नुभएको हो ।
कृष्णनगर नगरपालिका- ८ का स्थायीबासी गुप्ता पत्रकारिता क्षेत्रमा सक्रिय रहदै आएका व्यक्ति हुन । पत्रकारिता क्षेत्रबाट समाज परिर्वतनमा अहम भूमिका निर्वाह गर्दै आएका गुप्ताले अब बनको विकास लागी आफुले साझेदारी बनको अध्यक्ष पदमा उम्मेदावरी घोषणा गरेको बताउनु भएको हो । लामो समय बन क्षेत्रकै समाचारहरु कबरेज गर्दै बन विकासमा लागेका गुप्ता अबको अधिवेशनबाट अध्यक्ष पदमा उम्मेदवारी दिदै बन र बन्यजन्तुको संरक्षण लाग्ने बताउनु भयो ।
डिभिजन वन कार्यालय गौत्तमबुद्ध कपिलवस्तु अन्तर्गत पर्ने शिवराज साझेदारी वनमा शिवराज नगरपालिका भित्रका वडा नं. २,५,६,७ र ८ पर्दछ भने कृष्णनगर नगरपालिकाको वडा नं. ५, ८र ९ पर्दछ । प्रत्येक वडाबाट ४ जना पुरुष र ३ जना महिला वडा प्रतिनिधीका रुपमा छनौट भएर कुल ५६ जनाले अधिवेशनबाट कार्यसमिति चयन गर्ने छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















