नवलपरासीमा धारिलो हतियारको प्रहारबाट दम्पतिको हत्या

नवलपुर टुडे


नवलपरासी, जेठ २३ । पश्चिम नवलपरासीमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा एक दम्पतिको शव फेला परेको छ । मंगलबार बिहान करिब ७:२० बजे जिल्लाको प्रतापपुर गाउँपालिका – ८ बैरिहवाका ५० वर्षीय तिलकराज भेडियार र उनका श्रीमती ५० वर्षकी निर्मला भेडियार मृत भेटिएका हुन् ।
उनीहरु विगत ५/१० बर्ष देखि घरबाट करिब ३/४ किमि पूर्व मजुवा मर्चहवा भन्ने ठाँउमा गाई भैसी पालेर बस्दै बसोबास गर्दै आईरहेका थिए । मंगलबार बिहान दुवै जनाको शव गोठको अगाडी पट्टी लगभग १५/२० मिटर दुरीको फरकमा फेला परेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले जानकारी दिए ।
घटनाको बारेमा जानकारी प्राप्त हुनासाथ घटनास्थलमा प्रहरी सहायक निरीक्षक दिनेश कुमार यादवको कमाण्डमा र ईलाका प्रहरी कार्यालय बेलाटारीबाट प्रहरी निरीक्षक श्यामप्रकाश यादवको कमाण्डमा १२ जनाको टोली र जिल्ला प्रहरी कार्यालयबाट proof पराउनुको टोलीसमेत खटिएको छ ।
दुबै जनाको शव अहिले घटनास्थलमै रहेको छ । घटना हुनुको कारण भने नखुलेको प्रहरीले जनाएको छ । घटनास्थल सुरक्षित राख्दै थप अनुसन्धान कार्य भईरहेको छ । अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट प्रहरी उपरीक्षक बिनोद सिलवाल र प्रहरी नायब उपरीक्षक समेतको टोली खटिएको छ ।
घटनास्थलमा तालिमप्राप्त कुकुर सहितको प्रहरी टोलीसमेत परिचालन भएको सूचना अधिकारी पाण्डेले जानकारी दिए ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















