हेटौंडामा सम्पन्न खुल्ला पुरुष राष्ट्रिय भलिबलको उपाधि एपीएफलाई

नवलपुर टुडे


हेटौंडा । हेटौंडामा संचालित खुला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले हात पारेको छ ।
हेटौंडा उपमहानगरपालिका—४ हुप्रचौरस्थित भलिबल कोर्टमा भएको फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मीलाई हराउँदै एपीएफले उपाधि जितेको हो । एपीएफले आर्मीलाई क्रमशः २५–२०, १७–२५, २५–१७ र २९–२७ सेटले हराएको हो ।
एपीएफले उपाधिसहित २ लाख रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता आर्मीले १ लाख रुपैयाँमा चित्त बुझाउनु पर्यो । शुक्रबार भएको सेमीफाइनल खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै एपीएफ फाइनल प्रवेश गरेको थियो भने आर्मीले नेपाल पुलिसलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो ।
स्वर्गीय केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान र मकवानपुर जिल्ला भलिबल संघको संयुक्त आयोजनामा भएको प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एपीएफका विजयी थापा घोषित भए । थापाले नगद १५ हजार रुपैयाँ प्राप्त गरे । उत्कृष्ट सेटर एपीएफका सुवास कुँवर, उत्कृष्ट स्पाइकर आर्मीका शरण सामरी, उत्कृष्ट डिफेन्डर आर्मीका ईश्वर थापा, उत्कृष्ट ब्लकर आर्मीका सञ्जय चौधरी र उत्कृष्ट प्रशिक्षक एपीएफका पुष्पजंग मल्ल घोषित भए । विधागत उत्कृष्टले नगद ५/५ हजार रुपैयाँ प्राप्त गरेका थिए ।
सान्त्वना पुरस्कार पुलिस र गण्डकीले ५०/५० हजार रुपैयाँ प्राप्त गरेका छन् ।
प्रतियोगिताका विजेता, उपविजेतालाई हेटौंडा उपमहानगरपालिका प्रमुख मिनाकुमारी लामालगायतले पुरस्कार वितरण गरे । जेठ १६ गतेदेखि संचालित प्रतियोगितामा विभागीय ३ टिमसहित ७ वटा टिमले भाग लिएका थिए ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















