नक्कली भुटानी शरणार्थी प्रकरण : आज ३ जनाको बयान हुँदै

नवलपुर टुडे


काठमाडौं, जेठ १४ । नक्कली भुटानी शरणार्थी प्रकरणमा आइतबार अदालतमा तीन जनाको बयान भइरहेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा तीन जना अभियुक्तको बयान भइरहेको अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए ।
अहिले तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, पूर्व मन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप र टंक गुरुङको बयान भइरहेको हो । उनीहरूको बयान सकिए अरूको पनि आजै बयान हुनसक्ने सूचना अधिकारी दाहालले बताए ।
बुधबार अदालतमा अभियोग पत्र दर्ता भएपछि शुक्रबारदेखि बयान सुरु भएको थियो । पहिलो दिन केशव दुलाल र सागर राईको बयान भएको थियो । यो मुद्दामा ३० जना प्रतिवादी छन् । १७ जना पक्राउ परिसकेका छन् । पक्राउ परेका सबैको बयान सकिएपछि थुनछेक बहस सुरु हुने छ ।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


अरुपनि पढ्नुहोस
सबै
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
















