बालकृष्ण खाँणजी पैसामा विक्ने खालको मान्छे होइन, मिडियाले दोषी बनाएर हुँदैनः कांग्रेस सभापति देउवा

नवलपुर टुडे


काठमाडौं,जेठ ९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वगृहमन्त्री बालकृष्ण खाँण पैसामा बिक्ने व्यक्ति नभएको बताएका छन् ।
मंगलबार आफूलाई भेट्न आएका कांग्रेसका नेता कार्यकर्ताको एक टोलीलाई सभापति देउवाले खाँण पैसामा बिक्ने व्यक्ति नभएको बताएका हुन् ।
‘तपाईहरु धेरै चिन्ता नगर्नुस् । मिडियाले दोषी बनाएर हुँदैन । पुलिसले मात्रै दोषी बनाएर पनि हुँदैन,’ देउवा निवासबाट फर्केका एक नेताले उनको भनाइ उधृत गर्दै भने, ‘विना प्रमाण दोषी बनाउन कहाँ पाइन्छ र?’
नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा पक्राउ परेका खाँणविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंले संगठित ठगी, राज्यविरुद्धको कसुर अभियोग लगाउन सरकारी वकिल कार्यालाई राय दिएको छ । तर देउवाले उक्त प्रकरणमा खाँण संलग्न भएको विषयमा आफूलाई विश्वास नभएको देउवाले बताएका थिए ।
देउवाले आफूलाई भेट्न आएकाहरुलाई भने, ‘खाँणजी पैसामा विक्ने खालको मान्छे होइन । उहाँ राष्ट्र र राष्ट्रियता प्रति एकदमै प्रतिवद्ध मान्छे हो ।’ खाँणको विषयमा छलफल गर्न केही केन्द्रीय सदस्य र युवा नेताहरु देउवालाई मंगलबार दिउँसो धुम्बाराही पुगेका थिए ।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


अरुपनि पढ्नुहोस
सबै
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
















