संसद्मा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर, १५ जनाले टिपाए नाम

नवलपुर टुडे


काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने कार्यसूची छ। कार्यव्यवस्थाले तय गरेको सम्भावित कार्यसूचीअनुसार आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यक्रम छ।
संसद् नियमावलीको नियम ५६ अनुसार सांसदले प्रधानमन्त्रीलाई प्रश्न गर्नेछन् र प्रधानमन्त्रीले तत्कालै जवाफ दिनेछन्। सांसदले प्रधानमन्त्रीलाई सोध्ने प्रश्नको विषय सभामुख देवराज घिमिरेलाई पहिले नै जानकारी गराउनुपर्ने हुन्छ।
प्रधानमन्त्रीलाई प्रश्न सोध्न १५ जना सांसदले नाम टिपाएका छन्। एक दिनको बैठकमा बढीमा १५ जना सदस्यले मात्र प्रश्न सोध्न सक्ने व्यवस्था नियमावलीमा छ। सांसदहरूले प्रधानमन्त्रीलाई समसामयिक विषयमा प्रश्न सोध्ने जानकारी सभामुखलाई गराएका छन्।
नक्कली भुटानी शरणार्थी प्रकरण, नागरिकता विधेयक, आर्थिक संकटलगायत अहिलेका जल्दाबल्दा विषय हुन्।

झापाको मेचीनगर चिया बगानबाट ५५७ किलो गाँजा बरामद

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न
अरुपनि पढ्नुहोस
सबै
पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन
















