बुटवलमा भ्रष्टाचार विरुद्ध प्रदर्शन

नवलपुर टुडे


बुटवल । नक्कली भुटानी शरणार्थी बनाइ नेपालीलाई मानव तस्कर गरी ठगीमा संलग्न सबैलाई कारबाही गर्नुपर्ने, नागरिकता विधेयक खारेजी गर्नुपर्ने लगायतका माग राख्दै मंगलबार बुटवलमा प्रदर्शन भएको छ ।
मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र विद्रोही नेकपा (मसाल) को संयुक्त आयोजनामा बीपी चोकबाट सुरु भएको विरोध जुलुस बुटवलका विभिन्न ठाउँको परिक्रमा गरी पुन: बीपी चोकमै पुगेर कोणसभामा परिणत भएको थियो ।
प्रदर्शनकारीले भ्रष्टाचारीलाई कारबाही गर, मानव बेचबिखन गर्नेलाई कारबाही गर, राष्ट्रघाती नागरिकता विधेयक खारेज गर’ जस्ता नारा लगाएका थिए ।
कोणसभामा बोल्दै कम्युनिस्ट क्रान्तिकारी पार्टी नेपालका केन्द्रीय नेताहरु केबी गुरुङ, प्रेम सुवेदी, भुपेन्द्र न्यौपाने, क्षेत्र बहादुर क्षेत्री लगायतले नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई मानव तस्करी गर्ने संगठित गिरोहलाई कारबाही गर्नुपर्ने बताए ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















