सर्बोच्च अदालतले माग्यो रवि लामिछानेले अमेरिकी पासपोर्ट त्यागेको प्रमाण

नवलपुर टुडे
२०८० जेष्ठ २ | मध्यान्ह ०८:०२ बजे

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग अमेरिकी नागरिकता त्यागेको प्रमाण माग गरेको छ।
निवेदक युवराज पौडेल (सफल) को निवेदनका आधारमा सर्वोच्चले जिल्ला प्रशासन कार्यालय, बबरमहल र अध्यागमन विभाग, कालिकास्थानलाई पत्र लेख्दै निस्सा (प्रमाण) उपलब्ध गराउन भनेको हो।
‘निवेदक युवराज पौडेल सफल र प्रत्यार्थी विपक्ष महान्यायाधिवक्तको कार्यालय रामशाहपथ काठमाडौ समेत भएको उत्प्रेषण समेत विषयको रिट निवेदनमा मिति २०७९/१२/२२ मा प्रस्तुत मुद्दाका प्रत्यर्थी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अमेरिकी राहदानी त्याग गरिसकेको भन्ने प्रमाणित हुने निस्सा अध्यागमन विभाग वा जिल्ला प्रशासन कार्यालय, काठमाडौं जहाँ भएपनि झिकाई पेश गर्नु भनी भएको आदेशनुसार प्रस्तुत पत्र लेखिएको छ,’ पत्रमा उल्लेख गरिएको छ।























