राजनीति

राष्ट्रिय जनमोर्चा पाल्पाको अध्यक्षमा विशाल दर्लामी चयन

नवलपुर टुडे
२०८० जेष्ठ २ | बिहान ०८:०२ बजे

पाल्पा । राष्ट्रिय जनमोर्चा पाल्पाको अध्यक्षमा विशाल दर्लामी पुनः अध्यक्षमा चयन भएका छन् ।

पाँचौ जिल्ला सम्मेलनबाट दर्लामी अध्यक्षमा निर्विरोध भए । १३ पूर्ण र चार वैकल्पिकसहित १७ सदस्यीय जिल्ला समितिको उपाध्यक्षमा मानबहादुर बयम्बु, सचिवमा वीरेन्द्र मिधुन, सह–सचिवमा नरमती सिञ्जाली र कोषाध्यक्षमा टीकाराम पौडेल चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा पदम पौडेल, उमा सिञ्जाली, रामप्रसाद गैरे, कमल थापा, पहलसिंह सिञ्जाली, जगबहादुर क्षेत्री, पूर्णबहादुर फाल र तिलक गाहा चयन भए । वैकल्पिक जिल्ला सदस्यहरुमा विष्णुप्रसाद ज्ञवाली, माया विक, खुम आले र निरु सारु चयन भए ।

अध्यक्ष दर्लामीले मुलुकमा बढ्दो भ्रष्टाचार, अनियमिता, घूसखोरी, कमिसनतन्त्रविरुद्ध निरन्तर जनतासँगै खबरदारी गरिने बताए । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले जिल्ला सम्मेलनले पार्टीलाई चलायमान बनाउने बताए ।

गत पाँच वर्षको अवधिमा गरेका कामहरुको समीक्षा गर्दै राजनीतिक तथा सांगठनिक प्रतिवेदन उपर छलफल गरेको जिल्ला अध्यक्ष दर्लामीले बताए ।

कमेन्टहरु