मुख्य समाचार

मदन राईलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

नवलपुर टुडे
२०८० बैशाख ३१ | मध्यान्ह ०४:०१ बजे
file photo

खोटाङ, वैशाख ३१ । ‘शुभद्रा मदन फाउन्डेसन’ का संस्थापक मदन राईविरुद्ध बाल यौन दुरुपयोगसम्बन्धी अभियोगमा अनुसन्धान गर्न प्रहरीले ७ दिनको म्याद पाएको छ ।

आइतबार खोटाङ जिल्ला अदालतले राईविरुद्ध अनुसन्धानका लागि प्रहरीलाई ७ दिनको समय प्रदान गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी मञ्जिल मुकारुङले जानकारी दिए ।

कृषि विज्ञसमेत रहेका राई यौन दुर्व्यवहारको आरोपमा गत वैशाख २९ गते पक्राउ परेका थिए । उनलाई खोटाङको शुभद्रा मदन फाउन्डेसन परिसरबाट पक्राउ गरिएको थियो ।

राईमाथि आफैले सञ्चालन गरेको फाउन्डेसनमा बसेर पढ्ने बालिका र किशोरीहरूमाथि यौन दुर्व्यवहार गरेको आरोप छ ।

कमेन्टहरु