खेलकुद

पाल्पा रानीमहलमा राष्ट्रिय ‘बिच भलिबल’ मा आर्मी र पुलिस भिड्दै

नवलपुर टुडे
२०८० बैशाख ३० | मध्यान्ह ०१:०१ बजे

पाल्पा । पाल्पाको रानीमहलमा जारी राष्ट्रिय ‘बिच भलिबल’ खेलमा त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब फाइनल भिड्ने भएका छन् ।

शनिबार बिहान सम्पन्न सेमिफाइनलबाट आर्मीले कर्णाली प्रदेशलाई र नेपाल पुलिसले सशस्त्र प्रहरी बललाई पराजित गरेको हो । आर्मीले कर्णालीलाई २१–१७ र २१–१७ को सेटमा पराजित गरेको छ । आर्मीका दुर्गा महतो र दिल सुनारको जोडीले कर्णालीका जीवन शाही र शैलेन्द्र शाही खेलेका हुन् ।

त्यस्तै नेपाल पुलिसका इम राना र चन्द्र कुँवरको जोडीले सशस्त्रको विजय थापा र राजकुमार निरौलाको जोडीलाई २१–१८ र २१–१७ को सोझो सेटमा पराजित गरेको हो । तेस्रोका लागि कर्णाली र सशस्त्र भिड्दैछन् । फाइनल शनिबार नै हुनेछ ।

अघिल्लो वर्ष सञ्जय मेमोरियल फाउन्डेसनले महिलाहरुको राष्ट्रिय बिच भलिबल प्रतियोगिता गरेको थियो । दुवै स्थानीय सरकार प्रमुखले प्रतियोगिताका लागि पूर्वाधार निर्माणदेखि निरन्तरताका लगानी गर्ने बताएका छन् । बिच भलिबलमार्फत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको विजेता टिमले १ लख ५० हजार रुपैयाँसहित ट्रफी, मेडल प्राप्त गर्नेछ ।

उपविजेता टिमले १ लाख रुपैयाँ सहित ट्रफी, मेडल, तेस्रो हुने टिमले ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र सानत्वना हुने टिमले २५ हजार रुपैयाँ प्राप्त गर्ने फाउन्डेसनकी अध्यक्ष निरोज मास्केले बताइन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ट्रफीसहित १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

कमेन्टहरु