प्रधानमन्त्री प्रचण्ड र रास्वपाका सभापति रवि लामिछानेबीच भेटवार्ता

नवलपुर टुडे
२०८० बैशाख २९ | बिहान १०:०१ बजे

काठमाडौँ, वैशाख २९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।
शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा लामिछानेले भ्रष्टाचारविरुद्ध फाइल खोलेर सरकारले राम्रो काम गरेको भन्दै प्रचण्डलाई धन्यवाद दिएका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले भीआईपीलाई पक्राउ गर्ने आँट गर्नु सकारात्मक रहेको भन्दै लामिछाने आफूले गर्न सक्ने सहयोग सबै गर्ने बताए । उनले आफ्नो पार्टी भ्रष्टाचारविरुद्ध सडकमा उत्रिनेसमेत जानकारी गराए ।






















