राजनीति

प्रधानमन्त्री प्रचण्डलाई डा.भीम रावलको चेतावनी

नवलपुर टुडे
२०८० बैशाख २६ | मध्यान्ह ०७:०१ बजे

काठमाडौ । नेकपा एमालेका नेता डा. भीम रावलले नक्कली भुटानी शरणार्थी प्रकरणलाई दबाउनु भनेको देशका लागि ठूलो गद्दारी भएको बताएका छन्।

मंगलवार काठमाडौंमा आयोजित कार्यक्रममा उनले पछिल्लो समय भूटानी शरणार्थी प्रकरण दबाउने प्रयास भइरहेको भन्दै मुद्दा कमजोर बनाउने कुचेष्टा नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चेतावनी दिए।

उनले भने, ‘प्रधानमन्त्रीलाई भन्न चाहन्छु, तपाईलाई देशको माया छ भने अपराधलाई बचाउने, मुद्दालाई कमजोर बनाउने काम गर्नुभयो भने यो देशका लागि ठूलो गद्दारी हुनेछ।’

नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने काम ठगी मात्रै नभइ मानव बेचबिखन र राष्ट्र विरोधी कुकृत्य भएको रावलले बताए। ‘अर्को गृहमन्त्री नक्कली भुटानी शरणार्थी बनाउने, अर्का उपप्रधानमन्त्री त्यही धन्दामा लाग्ने, हाम्रा राज्यका मानिसहरुले यी कुरालाई गम्भीर रुपमा हेर्नुपर्छ। यो केवल ठगी मात्रै नभएर मानव बेचबिखन हो रावलले भने। 

कमेन्टहरु