एमालेको सचिवालय बैठक बस्दै

नवलपुर टुडे
२०८० बैशाख २६ | बिहान ०८:०१ बजे

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजे बस्ने सचिवालय बैठकमा आगामी केन्द्रीय समितिमा प्रस्तुत गरिने बिषयमाथि छलफल गरिने छ।
एमाले पोलिटब्युरो सदस्य शेरबहादुर तामाङका अनुसार केन्द्रीय सचिवालय बैठकबाट केन्द्रीय समितिको छलफलको एजेन्डा तय हुनेछ । एमालेको केन्द्रीय समिति बैठक यही वैशाख २८ देखि सुरु हुँदैछ । यसअघि झापामा हुने भनिएको बैठक संघीय संसदमा नीति तथा कार्यक्रम र बजेट लगायतका विषय छलफल गर्नु पर्ने भएको भन्दै काठमाडौंमा सारिएको थियो।
गत मंसिर ४ मा सम्पन्न निर्वाचन तथा हालै गरिएको मिसन ग्रास रुटको समीक्षा लगायतका एजेन्डा आगामी बैठकमा छलफल हुने बुझिएको छ।






















