अर्थतन्त्र सुधारका लागि झारफुकले होइन, सर्जरी नै गर्नुपर्छ : स्वर्णिम वाग्ले

नवलपुर टुडे


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लले अर्थतन्त्र संकटमा परेको बेलामा अर्थतन्त्रको स्थायित्व र स्थिरताका कुराले मात्रै न्याय गर्न नसक्ने बताएका छन् ।
सोमबार प्रतिनिधि सभाको बैठकमा भएको विनियोजित विधेयक २०८० का सिद्धान्त र प्राथमिकता छलफलमा बोल्दै वाग्लेले अहिलेको अर्थतन्त्रको सुधारका लागि झारफुकले नहुने र सर्जरी नै गर्नुपर्ने आवश्यकता रहेको बताए । ‘सरकारले हिजो रातिसम्म ७ खर्ब ३३ अर्बको राजश्व संकलन गरेको छ भने १० खर्ब १६ अर्ब खर्च छ । त्यति ठूलो खाडल कसरी पूरा गर्ने ?’ वाग्लेले भने ‘कर्जा लगानी र आर्थिक वृद्धिबीचको ठूलो भ्वाङ छ । कर्जा नियमित रुपमा २२ प्रतिशत वृद्धि भइरहेको छ । अर्थतन्त्रको गतिसँग समान देखिरहेका छैनौं । कहाँ चुहिरहेको छ ।’ यी विषयमा सरकारले फरक ढङ्गले सोच्नुपर्ने र प्राथमिकता पुनःमूल्याङ्कन गर्नुपर्ने उनले बताए ।
अर्थतन्त्र समस्याग्रस्त भई लय गुमाएको अवस्थामा आर्थिक स्थायित्व र स्थिरताका कुरा गर्नु उचित नभएको उनको भनाइ छ । ‘८ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण भएको देशमा २ प्रतिशतभन्दा कममा रूमल्लिरहेका छौं’ वाग्लेले भने । अब परिणात्मक विकासबाट गुणात्मक विकासमा जानुपर्ने आवश्यकता रहेको उनले बताए । सडक, विद्यालयका संरचनाभन्दा पनि गुणात्मक सेवामा जोड दिनुपर्ने उनको भनाइ छ । ‘५० को दशकमा हामीले विद्यालयको भवन माग गर्यौं, खानेपानी, सडक, अस्पतालको माग गर्यौं, तर अहिले विद्यालय छन् । थोरै भए पनि विद्यार्थी विद्यालय जान्छन् तर विद्यालयमा पढाइ हुँदैन, सिकाइ छैन । आजको चुनौति भनेको विद्यालय निर्माण गर्ने होइन, सिकाइको संकटलाई सम्बोधन गर्ने हो । स्वास्थ्य चौकी छ, दक्ष सेवा छैन ।’
सांसद वाग्लले अर्थमन्त्री प्रकाशशरण महतले वित्त नीतिमा ठाउँ छैन भन्दै मौद्रिक नीतिका उपकरणहरुबाट अगाडि जानुपर्ने भन्दै उठाएको विषय गलत रहेको वाग्लेले टिप्पणी गरे । सरकारको नीति तथा कार्यक्रमको लागि ठाउँ खोज्न सक्ने हो भने धेरै स्थान रहेको उनको भनाइ छ । सरकार जलवायु परिवर्तन र दिगो विकासको मुद्दाबाट अगाडि बढ्न सक्नुपर्ने उनको सुझाव छ । नेपाली काँग्रेसको घोषणापत्र पढेर आर्थिक सुधारका विषयलाई अघि बढाउन वाग्लेले सुझाव दिए ।

झापाको मेचीनगर चिया बगानबाट ५५७ किलो गाँजा बरामद

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न
अरुपनि पढ्नुहोस
सबै
पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन
















