प्रतिनिधि सभामा ई–हाजिरीको तयारी, सांसदको उपस्थितिलाई वेबसाइटमा राखिने

नवलपुर टुडे


काठमाण्डौ, बैशाख २४ । प्रतिनिधि सभामा सांसदहरु गयल हुने क्रम बढेपछि डिजिटल उपस्थिति अर्थात् ई–हाजिरीको तयारी सुरु भएको छ । सांसदहरुको ई–हाजिरी सुरु गर्नेबारे कार्य व्यवस्था परामर्श समितिको आजको बैठकमा छलफल भएको हो ।
बैठकमा ई–हाजिरी सुरु गर्ने र सांसदहरुको उपस्थिति वेबसाइटमार्फत् सार्वजनिक गर्नेबारेमा छलफल भएको हो । बैठकमा सभामुख देवराज घिमिरेले संसदमा सांसदहरुको उपस्थिति कमजोर रहेको र सांसदहरु तलब भत्ता खान मात्र बैठकमा आउँछन् भन्ने आम बुझाइ रहेकाले अब ई–हाजिरीको विकल्प नभएको बताउनुभएको छ ।
दल तथा सांसदहरुलाई बैठकमा नियमित र प्रभावकारी उपस्थितिका लागि पनि सभामुखले ध्यानाकर्षण गराउनुभएको छ । यस्तै आज अपराह्न ४ बजेबाट सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै छ ।

झापाको मेचीनगर चिया बगानबाट ५५७ किलो गाँजा बरामद

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न
अरुपनि पढ्नुहोस
सबै
पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन
















