एमालेले बोलायो सचिवालय बैठक

नवलपुर टुडे
२०८० बैशाख २२ | मध्यान्ह ०४:०१ बजे

काठमाडौ, वैशाख २२ । नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ ।
एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार यही वैशाख २६ गते सचिवालय बैठक बोलाइएको हो । बैठक ललितपुरस्थित पार्टी मुख्यालयमा बस्ने र सो बैठकले आगामी केन्द्रीय कमिटीको बैठकको एजेन्डा तय गर्ने रिजालले बताए ।
‘एमालेको केन्द्रीय कमिटी बैठक वैशाख २९, ३० र ३१ गते झापामा बस्दै छ,’ उनले भने, ‘जेठ १ गते दमकमा सभाको तयारी पनि गरेको छ । यसको तयारी र एजेन्डा तय गर्न सचिवालयको बैठक बस्न लागेको हो ।’






















