सत्तारुढ गठबन्धनको बैठक आज बस्ने

नवलपुर टुडे
२०८० बैशाख २२ | बिहान ०७:०१ बजे

काठमाडौं । नेकपा माओवादी केन्द्र नेतृत्वको सत्तारुढ गठबन्धनको बैठक बस्दैछ। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्ने बैठकले सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटका बारेमा छलफल गर्नेछ।
गत बुधवार पनि बसेको सत्तारुढ दलको बैठकले सरकारको नीति तथा कार्यक्रम र बजेटका बारेमा प्रारम्भिक छलफल गरेको थियो।
बैठक अपरान्ह बस्ने स्रोतले जनाएको छ।






















