खेल हेर्न पुगेका दर्शकले सफा गरे कीर्तिपुर रंगशाला

नवलपुर टुडे
२०८० बैशाख १९ | मध्यान्ह ०३:०१ बजे

काठमाडौं, वैशाख १९ । एसिसी प्रिमियर कपको नेपाल र युएईबीचको फाइनल खेल हेर्न पुगेका दर्शकले रंगशालाको सरसफाइ गरेका छन् ।
मंगलबार बिहान कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट खेल मैदानमा नेपाल र युएईबीच फाइनल खेल भएको थियो । उक्त खेलमा नेपालले युएईलाई ७ विकेटले हराउँदै जित हात पारेको थियो ।
नेपालले एसिसी कप जितेसँगै एशिया कपमा छनौट भएको छ । त्यस कपमा नेपालले भारत र पाकिस्तानसँग खेल्नेछ ।























