राजनीति

उपेन्द्र यादवले आज सांसदको शपथ लिँदै

नवलपुर टुडे
२०८० बैशाख १९ | बिहान ११:०१ बजे

काठमाडौं, वैशाख १९ । बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आज शपथ लिने भएका छन् ।

मंगलबार दिउँसो १ बजे सिंहदरबारस्थित कानून समितिको सभाहलमा सभामुख देवराज घिमिरेले यादवलाई सांसदको शपथ गराउने कार्यक्रम छ ।

वैशाख १० को उपनिर्वाचनबाट सत्ता गठबन्धनका साझा उम्मेदवार जसपा अध्यक्ष यादव प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए ।

कमेन्टहरु