बहराइनलाई हराएपछि यूएई सेमिफाइनलमा

नवलपुर टुडे


काठमाडौँ, वैशाख १३ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितअन्र्गत समूह ‘बी’बाट संयुक्त अरब इमिरेट्स (युएई) सेमिफाइनलमा पुगेको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा युएई बहराइनलाई आठ विकेटले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।
युएईले छ अङ्क जोड्दै समूह ‘बी’बाट शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो । यससँगै समूह चरणमा चार खेल खेलेको युएईले तीन खेलमा जित तथा एक खेलमा हार बेहोरेको छ । पहिले ब्याटिङ गरेको बहराइनले युएईलाई जितका लागि एक सय १७ रनको सामान्य लक्ष्य दिएको थियो । जवाफमा युएईले २७ दशमलव चार ओभरमा दुई विकेट गुमाएर पूरा ग¥यो ।
युएईका लागि वृत्य अरबिन्दले सर्वाधिक ६२ रनको योगदान दिए । उनले ८४ बलमा पाँच चौका र एक छक्काको मद्धतमा अविजित ६२ रन बनाए । त्यसैगरी रोहन मुस्तफाले ५० रन जोडे । उनले ५६ बल खेल्दै पाँच चौका र एक छक्का प्रहार गर्दै अविजित ५० रन बनाए । बलिङतर्फ बहराइनका अब्दुल मजितले दुई विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको बहराइनका लागि अलि दवद र हैदर बुटले समान २३-२३ रन जोडे भने मुहम्मद युनिसले १६ तथा इमरान अनवरले १४ रन बनाए । वासिक अहमदले १२ तथा अब्दुल मजितले ११ रन बनाए ।
बहराइनलाई एक सय १६ रनमा समेट्नेक्रममा युएईका आयन अफजल खान एक्लैले चार विकेट झारे भने रोहन मुस्ताफा र कात्तिक मैयप्पानले समान दुई÷दुई विकेट लिए । यस हारसँगै बहराइन भने प्रतियोगिताबाट बाहिरिएको छ । रासस


तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

जिल्ला अस्पताललाई भवन हस्तान्तरण, तिहारपछि सेवा शुभारम्भ

आजको विदेशी मुद्राको विनिमय दर

गोली हान्न लगाएर उपचारको प्रचारबाजी गर्न लाज लाग्दैन ? भन्दै युवा नेता दुबेको कडा टिप्पणी
अरुपनि पढ्नुहोस
सबै
कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
















