बर्दघाटबाट ठूलो परिणामका अबैध चिनीसहित ट्रक नियन्त्रण

नवलपुर टुडे


नवलपरासी, बैशाख १३ । भारतबाट अबैध रुपमा भन्सार छलि नेपाल ल्याईएको अबैध ठूलो परिणामका चिनी ट्रकसहित पश्चिम नवलपरासीको बर्दघाटबाट नवलपरासी प्रहरीले नियन्त्रणमा लिईएको छ ।
प्रहरीले विशेष सूचनाको आधारमा मंगलबार साझ ५:५० बजे बर्दघाट नगरपालिका- ४ टिसिएन चोकस्थित पुर्व-पश्चिम राजमार्गमा पश्चिमबाट पुर्वतर्फ जादै गरेको ना ६ ख २९०३ नम्बरको ट्रकलाई ईलाका प्रहरी कार्यालय बर्दघाटबाट प्र.नि. विरेन्द्र केसीको कमाण्डमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उक्त ट्रकमा रहेको चिनी र कागजपत्र शङ्कास्पद देखिएकाले नियन्त्रणमा लिइएको हो ।
नियन्त्रणमा लिइएको ट्रकमा चिनी ४२० बोरा (२१,००० केजी) को प्रति केजी मूल्य रु.७५.५ को दरले जम्मा मूल्य रु.१५,८५,५००/- अक्षरुपी पन्ध्र लाख,पचासी हजार, पाँच सय र ना ५ ख २९०३ नम्बरको ट्रकको अन्दाजी मूल्य रु.२०,००,०००/- अक्षरुपी बीस लाख गरी कुल मूल्य रु.३५,८५,५००/- अक्षरुपी पैतिस लाख पचासी हजार पाँच सय बराबरको धनमाल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक एवम सुचना अधिकारी भोजराज पाण्डेयले नवलपुर टुडेलाई जानकारी दिए ।
ट्रक चालक सिराहा धनगढीमाई नगरपालिका- १० बस्ने अन्दाजी ४८ बर्षिय विरेन्द्र ठाकुरसहित बरामद चिनी र ट्रकलाई नियन्त्रणमा लिई आबश्यक कारबाहीको लागि राजश्व कार्यालय बुटवल पठाएको पाण्डेयले बताए ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















