रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठ पदमुक्त

नवलपुर टुडे
२०८० बैशाख १२ | मध्यान्ह ०४:०१ बजे

काठमाडौं, वैशाख १२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निष्कासन गरेको सांसद ढाकाकुमार श्रेष्ठको पद रिक्त भएको छ । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले श्रेष्ठको पद रिक्त भएको जानकारी दिएका हुन् ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ माग गरेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले श्रेष्ठलाई कारबाही गरेको थियो । रास्वपाले कारबाही गरेको पत्र दिएपछि त्यसैअनुसार सभामुख घिमिरेले श्रेष्ठको पद रिक्त भएको जानकारी संसद्लाई गराएका हुन् ।
श्रेष्ठको ठाउँमा रास्वपाले विन्दबासिनी कंशाकारलाई सांसद बनाउन निर्वाचन आयोगलाई सिफारिस गरिसकेको छ ।






















