बचनमा पक्का बन्दै उपसभामुख सृजना दनुवार

नवलपुर टुडे
२०८० बैशाख ७ | मध्यान्ह ०८:०१ बजे

आकाश मगर
उदयपुर। कोशी प्रदेश उपसभामुख सृजना दनुवार बचनमा पक्का नेता ठहरिनु भएको छ । जनताको घर आगनमा जनताको जीवन अवस्था बुझ्दै जादा त्रियुगा नगरपालिका वडा नम्बर ७ शहरे पुग्नु भएको थियो । २०७९ सालको अत्याधिक बर्षा र बाढिले जनताको खेती योग्य जमिन कटान गरेको ठाउँको स्थलगत भ्रमण गर्नु भएको हप्ता दिन नबित्दै आवश्यक तारजाली जिल्ला सिचाई कार्यालय उदयपुरबाट पहल गरी उपलब्ध गराउनुभएको हो।
धेरै समय नगरपालिका धाउदा पनि सम्वोधन नभएको मागलाई माननीय उपसभामुखले सम्बोधन गर्नुभएको हो । आफ्नो खेती योग्य जमिन संरक्षणको लागि तारजाली उपलब्ध गराउनु भएकोमा किसानहरु उपसभामुख प्रति खुसी ब्यक्त गरेका छन । यधपि उपलब्ध गराईदिएको तारजाली लगाउनलाई आर्थिक अभाब भएकाले अन्योलमा परेका एक किसानले बताए ।






















