सरकारले महाविपत्तिमा जसरी काम गर्नुपर्छ : गगन थापा

नवलपुर टुडे


काठमाडौं, वैशाख २ । सत्तासाझेदार दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिले सरकारले महाविपत्तिमा जसरी काम गर्नुपर्ने बताएका छन् । महामन्त्री थापाले प्रधानमन्त्रीदेखि मन्त्रीसम्म, प्रदेशमन्त्रीदेखि स्थानीय तहका वडाध्यक्षले समेत महाविपत्तिको बेलामा जस्तो सोेचेर काम गर्नुपर्ने बेला आएको बताएका हुन् ।
शनिबार काठमाडौंमा कांग्रेस मकवानपुर–काठमाडौं सम्पर्क समितिले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुक संकटमा रहेको बेला सरकारले त्यसलाई महसुस गरेर परिणाम दिने गरी काम गर्नुपर्नेमा जोड दिए । सुझबुझपूर्ण ढंगले काम नगरे मुलुक झनै संकटमा पर्दै जानेतर्फ उनले सरकारलाई सचेत गराए । सरकारले राम्रो काम गर्दै गए तीन/चार महिनाभित्रै मुलुक सम्हालिँदै जाने उनको भनाइ थियो ।
महामन्त्री थापाले ०८० सालमा कांग्रेसलाई शुद्धीकरण र सुदृढीकरण गर्नका लागि सिंगो पार्टीपंक्ति लाग्नुपर्ने पनि बताए । आउँदो जेठ अन्तिम साता कांग्रेसको नीति अधिवेशन गर्ने तयारी भइरहेको उनले उल्लेख गरे । त्यसमा पार्टी शुद्धीकरण र सुदृढीकरणका लागि व्यापक छलफल गर्न पनि उनले नेता–कार्यकर्तालाई आग्रह गरे ।
‘पुरानोजति सडेगलेको र नयाँजति राम्रो’ भन्ने भ्रममा नपर्न पार्टीका नेता–कार्यकर्तालाई सचेत गराए । कुनै पार्टीले एकल सरकार बनाउने अवस्था नरहेको भन्दै उनले निर्वाचन प्रणाली सुधारका लागि संविधान संशोधन गर्नुपर्नेमा समेत जोड दिए ।

झापाको मेचीनगर चिया बगानबाट ५५७ किलो गाँजा बरामद

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न
अरुपनि पढ्नुहोस
सबै
पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन
















