दुई करोड अडियो काण्ड बारे रास्वपाले भोलि निर्णय लिने

नवलपुर टुडे
२०७९ चैत्र २८ | मध्यान्ह ०७:१२ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग घुस मागेको बारेमा भोलि (बुधबार) निर्णय लिने बताएका छन् ।
श्रेष्ठले व्यवसायी प्रसाईंसँग मन्त्री हुनका लागि दुई करोड माग गरेको अडियो आइतबार सार्वजनिक भएपछि रास्वपाले भोली निर्णय लिने भएको हो । केन्द्रीय समितिको बैठक बोलाएर भोलि निर्णय गर्ने रास्वपा सभापति लामिछानेले बताए ।
चितवनमा भएको चुनावी सभामा उनले उक्त कुरा बताएका हुन् । अडियोमा उल्लेख भएका व्यक्तिहरु आफू वरपरका भए पनि उनीहरुलाई कारबाही गरिने उनले प्रतिवद्धता व्यक्त गरे ।






















