राजनीति

त्रिपाठीको नेतृत्वमा वडा कमिटी गठन

नवलपुर टुडे
२०७९ चैत्र २६ | बिहान ०९:१२ बजे

कृष्णनगर, चैत्र २६ । नेकपा एमालेले संचालन गरेको मिसन ग्रासरुट अभियान अन्तर्गत कपिलवस्तुको कृष्णनगर नगरपालिकामा पनि भब्य रुपमा संचालन भैरहेको छ । मिसन ग्रासरुट कृष्णनगर नगरको जिम्मेवारी पाउनु भएकी एमाले केन्द्रिय सदस्य साजिदा सिद्दिकीको सक्रियतामा वडा र टोल कमिटी बिस्तार एवम जनता सङ भेटघाटका कार्यक्रमहरु भैरहेका छन ।

मिसन ग्रासरुट अभियान अन्तर्गत कृष्णनगर नगरपालिका वडा नं ४ सिर्सिहवामा वडा कमिटी गठन गरिएको छ । नेकपा एमाले कृष्णनगरका प्रभावशाली नेता कुनाल प्रताप शाहका निजि सहायक गौरब मणि त्रिपाठीको नेतृत्वमा वडा कमिटी गठन गरिएको बताइएको छ । एक कार्यक्रमका बीच गौरब मणि त्रिपाठीको नेतृत्वमा वडा कमिटी गठन भएको हो ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य साजिदा सिद्दिकी, एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य नेत्रराज अधिकारी, जिल्ला कमिटी सदस्यहरुसहितको उपस्थितिमा सर्ब-सहमति रुपमा त्रिपाठीलाई अध्यक्ष बनाइएको छ ।

कमेन्टहरु