राजनीति

जसपाको विधान अधिवेशन सर्‍यो

नवलपुर टुडे
२०७९ चैत्र २३ | मध्यान्ह ०४:१२ बजे

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपाल (जसपा)को विधान अधिवेशन सारेको छ । पार्टी उपनिर्वाचनको तयारीमा जुटेकाले जेठ १ गतेका लागि अधिवेशन सारिएको जसपाका केन्द्रीय कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए । उनका अनुसार जेठ १ देखि ३ गतेसम्म काठमाडौँमा महाधिवेशन हुने छ ।

यसअघि यही चैत २६ गतेदेखि २८ गतेसम्म अधिवेशन गर्ने तय भएको थियो ।

तर वैशाख १० गते हुने उपनिर्वाचनमा पार्टीका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बन्नुभएकाले विधान अधिवेशन सारिएको थापाले बताए । रासस

कमेन्टहरु