लुम्बिनी पीस ओपन हाफ म्याराथन शुरु, नेकपा अध्यक्ष ओलीले गरे उद्घाटन

नवलपुर टुडे


बुटवल । बुद्ध जन्मस्थलमा लुम्बिनीमा पीस हाफ म्याराथन प्रतियोगिता सुरु भएको छ ।
शान्ति र सम्मृद्धिका लागि खेलकुद भन्ने मूल नारासहित अन्तराष्ट्रिय खेलकुद दिवसको अवसरमा मदन भण्डारी स्पोट्स एकेडेमीले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा देश भरका २ हजार ५ सय ५० महिला तथा पुरुष खेलाडी मैदानमा उत्रिएका छन् ।
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लुम्बिनीमा शान्ति दीपमा बालेको दीप ओलम्पिक कोच चन्द्रबहादुर घले विमला राना र मोहन घलेलाई दिएर प्रतियोगिताकाे उद्घाटन गरे । मायादेवी मन्दिर अगाडिबाट सुरु म्याराथनमा खेलाडीले लुम्बिनी वरपर २ फन्को मारेर २१ किलोमिटरको दूरी पूरा गर्ने छन् ।
प्रतियोगितामा महिला तथा पुरुष दुवैलाई छुट्टाछुट्टै पुरस्कृत गरिने छ । प्रतियोगितामा प्रथम हुने पुरुष खेलाडीलाई १ लाख ५० हजार, दोस्रोलाई ७५ र, तेस्रोलाई ५० हजार रुपैयाँ नगद पुरस्कार दिइने छ । महिला प्रथम हुनेले १ लाख ५१ हजार नगद पाउने छन् ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















