राजनीति

सर्वोच्च अदालतले माग्यो रविले अमेरिकी राहदानी त्यागेको निस्सा

नवलपुर टुडे
२०७९ चैत्र २३ | बिहान ०७:१२ बजे

काठमाडौं, चैत २३ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अमेरिकी राहदानी त्यागेको प्रमाण खोजेको छ ।

न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले बुधबार उनलाई राहदानी मुद्दामा छुटकारा दिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिटमा सुनुवाइ गर्दै निस्सा मागेको हो।

‘रवि लामिछानेले अमेरिकी राहदानी त्याग गरिसकेको भन्ने प्रमाणित हुने निस्सा अध्यागमन विभाग वा जिल्ला प्रशासन कार्यालय काठमाडौं जहाँ भए पनि झिकाइ नियमअनुसार पेश गर्नूु’ आदेशमा भनिएको छ।

मुद्दा नचलाउने निर्णय कार्यान्वयन नगर्न निवेदक युवराज पौडेल सफलले माग गरे पनि सर्वोच्चले रिटको अन्तिम किनारा लाग्दै सम्बोधन हुने भन्दै अन्तरिम आदेश भने दिएन।

‘यसमा के कसो भएको हो ? निवदेको माग बमोजिम आदेश किन जारी नहुनुपर्ने हो ? आदेश जारी गर्नुनपर्ने भए आधार र कारणसहित यो आदेश जारी भएको मितिले बाटाको म्यादबाहेक १५ दिनभित्र लिखित जवाफ पेश गर्नूु’ सर्वोच्चले महान्यायाधिवक्ताको कार्यालयलाई भनेको छ।

कमेन्टहरु