लुम्बिनी प्रदेश सभामा माओवादी सांसद प्रतिपक्षी सिटमा

नवलपुर टुडे


दाङ । लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको माओवादीसहितका दल सोमबारको प्रदेश सभा बैठकमा प्रतिपक्षी सिटमा बसेका छन् । यसअघिका प्रदेश सभा बैठकमा सत्तापक्षमा रहेका माओवादीका सांसदहरू सोमबार भने प्रतिपक्षमा बसेका हुन् ।
गत १२ चैतमा माओवादीसहितका दलहरूले समर्थन फिर्ता लिएर कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेका थिए । यससँगै अब सत्तापक्षको कुर्सीमा एमालेका २९ र राप्रपाका चार सांसद मात्रै छन् ।
८७ सांसद रहेको प्रदेशमा बहुमतका लागि ४४ सांसद चाहिन्छ । तर, हाल ५३ जना सांसद विपक्षमा छन् । कांग्रेसका २७, माओवादीका १० (सभामुखबाहेक), नागरिक उन्मुक्ति पार्टीका चार, जसपा, लोसपा र जनमत पार्टीका तीन–तीन, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक–एक सांसद तथा एकजना स्वतन्त्र सांसद प्रतिपक्षमा छन् ।
मुख्यमन्त्री लिला गिरीले आफूले विश्वासको मत नपाए अल्पमतको सरकार ठूलो दलले बनाउने बताएका छन् । दाङको तुलसीपुरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अहिले १६८(२) अनुसार सरकार कायम रहेकाले विश्वासको मत नपाए स्वतः धारा १६८(३) अनुसार ठूलो दलले सरकार बनाउने व्यवस्था रहेको बताए ।
तर, अल्पमतको सरकार बनाए पनि एक महिनाभित्रै संसद्मा विश्वासको मत लिनुपर्ने हुन्छ । जब कि एमाले र राप्रपाका गरी ३३ सांसद मात्र हुन्छन् ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















