राजनीति

प्रतिनिधिसभा सदस्य अन्सारीले लिइन् पद तथा गोपनीयताको शपथ

नवलपुर टुडे
२०७९ चैत्र १९ | मध्यान्ह १२:१२ बजे

काठमाडौँ, चैत १९ । जनता समाजवादी पार्टी (जसपा) की समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीले पद तथा गोपनीयताको शपथ लिएकी छन् । सभामुख देवराज घिमिरेले आइतबार सिंहदरबारमा अन्सारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । 

समानुपातिक निर्वाचन प्रणालीबाट जसपा नेपालको समावेसी समूह, मुस्लिम–महिलामा निर्वाचित शहनाज रहमानको निधन भएपछि रिक्त पदमा जसपाले अन्सारीको नाम सिफारिस गरेको थियो । निर्वाचन आयोगले चैत ६ गते अन्सारीलाई प्रतिनिधि सभा सदस्य निर्वाचित गरेको घोषणा गरेको थियो । 

शपथपछि अन्सारीले प्रतिनिधि सभा सदस्यका रुपमा आफूले राज्यप्रति इमान्दारितापूर्वक भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएकी छन् ।

कमेन्टहरु