एसईईका परीक्षार्थीलाई डडेल्धुरामा निःशुल्क खाना

नवलपुर टुडे


डडेल्धुरा । डडेल्धुरामा एसईईका परीक्षार्थीलाई निःशुल्क खाना उपलब्ध गराइएको छ। जिल्लाको आलिताल गाउँपालिकाले एसईईमा सहभागी परीक्षार्थीलाई निःशुल्क खाना उपलब्ध गराएको हो।
पालिकाको दुर्गम तथा पालिका सदरमुकामबाट टाढा रहेका वडा नम्बर १ को भुवनेश्वरी मावि र २ को उणिकोट माविका परीक्षार्थीलाई निःशुल्क खानाको व्यवस्था गरिएको हो।
परीक्षामा गाउँपालिकाका तीन सय १६ विद्यार्थी सहभागी छन्। आलिताल गाउँपालिकामा दुईवटा परिक्षा केन्द्र रहेका छन्। डडेल्धुराका १२ वटा केन्द्रमा माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ।
परीक्षामा दुई हजार ६८९ विद्यार्थी सहभागी रहेको शिक्षा विकास तथा समन्वय एकाइ डडेल्धुराका प्रमुख नारद जोशीले बताए। सुदूरपश्चिमका नौ जिल्लामध्ये डडेल्धुराबाट सबैभन्दा कम विद्यार्थी परीक्षामा सहभागी छन्।
शिक्षा विकास निर्देशनालय दिपायल डोटीको तथ्याङ्कअनुसार एसईईमा ५५ हजार तीन सय ७६ विद्यार्थी सहभागी भएका छन्।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















