मन्त्री छान्न कांग्रेसलाई सकस, देउवाले चारजनाको नाम प्रधानमन्त्रीलाई बुझाए

नवलपुर टुडे
२०७९ चैत्र १७ | मध्यान्ह ०१:१२ बजे

काठमाडौ । आज अपराह्नसम्म सरकार विस्तार गरी शपथ ग्रहण गराउने भनिएपनि सत्तारुढ दलहरुलाई मन्त्रीको नाम टुंग्याउन सकस परेको छ ।
आठ मन्त्रालय पाएको नेपाली कांग्रेसले अहिलेसम्म चारजनाको नाम मात्र प्रधानमन्त्रीलाई बुझाएको छ ।
कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, प्रवक्ता प्रकाशशरण महत, रमेश रिजाल र सीता गुरुङको नाम मात्रै सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीलाई बुझाएका छन् । अरु नाममा सहमतिको प्रयास भइरहेको बताइएको छ ।






















