बुद्व जन्मस्थल लुम्बिनीमा आज राष्ट्रिय मिडिया सम्मेलन

नवलपुर टुडे


रूपन्देही । बुद्व जन्मस्थल लुम्बिनीमा आज नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले राष्ट्रिय मिडिया सम्मेलन गर्दैछ ।
मिडिया सम्मेलनमा महासंघको सदस्यता शुद्धीकरणलाई प्रमुख एजेण्डाको रूपमा अगाडि सारिएको छ । सदस्यता शुद्धीकरण, पत्रकारका समस्या र मिडियामा देखिएको आर्थिक संकट तथा पत्रकारितासँग सम्बन्धित कानूनका विषयमा छलफल हुने महासंघका अध्यक्ष विपुल पोखरेलले बताए ।
‘महासंघमा सदस्यता शुद्धीकरणको मुद्दा सधैँ उठ्ने गरेको छ र सदस्यताको प्रारम्भ र अन्त्यसम्म शाखाको भूमिका हुन्छ’, उनले भने, ‘शाखाहरूले निर्णय लिनसक्ने हो भने केही न केही गर्न सकिन्छ भन्ने हाम्रो विश्वास हो ।’
अहिले संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले पत्रकार र मिडियासँग सम्बन्धित कानून निर्माणका क्रममा रहेको तथा कतिपय निर्माण भइसकेकाले बनिसकेका कानूमा रहेका नराम्रा कुराहरू केलाउने र बन्ने क्रममा रहेका विधेयकलाई कसरी पत्रकार र मिडियामैत्री बनाउन सकिन्छ भन्ने विषयमा बहस गरिने अध्यक्ष पोखरेलले बताए ।
उक्त राष्ट्रिय मिडिया सम्मेलनमा ४० शाखाका अध्यक्ष, प्रदेश समितिका अध्यक्ष र महासचिव, केन्द्रीय समिति तथा सल्लाहकार, मिडिया क्षेत्रका विज्ञ, लगानीकर्ता र सरकारी निकायका प्रतिनिधि गरी २ सय जनाभन्दा बढीको सहभागिता रहने आयोजकले बताएको छ ।
सम्मेलनको उद्घाटन सञ्चारमन्त्री रेखा शर्माले गर्नेछिन् । नेपाल पत्रकार महासंघको स्थापना दिवसकै सन्दर्भ पारेर लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन गर्न लागिएको हो । यसमा विभित्र विषयमा कार्यपत्र पनि प्रस्तुत हुनेछन् ।
महासंघले बिहीबार नवलपरासीको परासीमा केन्द्रीय कमिटी बैठक र आज लुम्बिनीमा मिडिया सम्मेलन गरेर यस क्षेत्रको महत्व बढाएको पत्रकार महासंघ लुम्बिनीका अध्यक्ष वसन्त गिरीले बताए ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















