राजनीति

राष्ट्रपतिको राजनीतिक सल्लाहकारमा सुनील थापा नियुक्त

नवलपुर टुडे
२०७९ चैत्र १६ | मध्यान्ह ०३:१२ बजे

काठमाडौं, चैत १६ । राष्ट्रपति रामचन्द्र पौडेलको राजनीतिक सल्लाहकारमा नेपाली कांग्रेसका नेता सुनील थापा नियुक्त गरेका छन् । 

राष्ट्रपति पौडेलले आफूलाई बिहीबार सल्लाहकारको पत्र दिएको थापाले जानकारी दिए । “उहाँले भर्खरै पत्र दिनुभयो । अब उहाँलाई सफल बनाउने मेरो भूमिका हुनेछ,” उनले भने ।

कांग्रेसका पूर्वसहमहामन्त्री थापा हाल पार्टी केन्द्रीय सदस्य छन् । थापा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन् । उनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्हालिसकेका छन् ।

कमेन्टहरु