शिक्षा मन्त्रीमा एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुसाल

नवलपुर टुडे
२०७९ चैत्र १६ | बिहान ११:१२ बजे

काठमाडौँ, चैत १६ । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष बेदुराम भुसाल शिक्षा विज्ञान तथा प्रविधि मन्त्री बन्ने भएका छन् । आज बुलेका भुसालले मन्त्रीको सपथ लिँदै छन् ।
नेता भुसालले आफू शिक्षा मन्त्री बन्न लागेको स्वीकार गरेका छन् । राष्ट्रियसभा सदस्य समेत रहेका भुसाल अर्घाखाँचीको हर्रेबर्रे काण्डमा १२ वर्ष जेल जीवन बिताएका नेता हुन् । भुसालले जनताको बहुदलीय जनवादमा विद्यावाधि गरेका छन् । यस्तै समाजवादीका उमहासचिव प्रकाश ज्वालालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा बनाउने तयारी गरिएको छ ।
माओवादी केन्द्रबाट उपप्रधान तथा भौतिक मन्त्री बनेका नारायणकाजी श्रेष्ठ गृहमन्त्री बन्ने भएपछि ज्वाला भौतिक मन्त्री बन्न लागेका हुन् ।






















