नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

नवलपुर टुडे
२०७९ चैत्र १६ | बिहान ०६:१२ बजे

काठमाडौ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ । बिहीबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यसम्पादन समिति बैठक बस्ने भएको हो । सरकारमा जाने मन्त्रीहरू छान्ने र उपनिर्वाचनका लागि उम्मेदवार तय गर्नेबारे कार्यसम्पादन समिति बैठकमा छलफल गरिने बताइएको छ। त
तनहुँ १, चितवन २ र बारा २ मा वैशाख १० मा हुने उपनिर्वाचनका लागि यही चैत २० मा उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ। कांग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अहिलेको सरकारमा सहभागी हुने निर्णय गर्दै गत चैत ६ गते विश्वासको मत दिएको थियो।
कांग्रेसले उपप्रधानमन्त्रीसहित ८ मन्त्री पाउने सहमति भएसँगै प्रचण्डले आज सरकार विस्तार गर्ने तयारी गरेका छन् । कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा सहभागि हुने तयारी गरेको छ।






















