आज मन्त्रिपरिषद् विस्तार,९ दल सरकारमा सहभागी हुँदै

नवलपुर टुडे


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । दश दलीय सत्ता गठबन्धनमा मन्त्रालयको सङ्ख्यामा सहमति जुटेकोले आज मन्त्रिपरिषद् विस्तार गरिने भएको हो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधवार अपराह्न बसेको बैठकले मन्त्रालय सङ्ख्याबारे सैद्धान्तिक सहमति जुटाएको थियो । जसपाका नेता राजेन्द्र श्रेष्ठले आज मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको बताए । उनले भने, ‘बिहीबार बेलुका शपथ हुनेछ, जनमोर्चा बाहेक सबै दल सरकारमा जाने छन् । ९ दल सरकारमा जाने सैद्धान्तिक रूपमा मन्त्रालय सङ्ख्या टुङ्गो लाग्यो ।’
कसले कुन मन्त्रालय लिने भन्ने थोरै होमवर्क गर्न बाँकी रहेको उनको भनाइ छ । गठबन्धन बैठकमा कांग्रेसले ८ माओवादीले ५, एकीकृत समाजवादी र जसपा २–२ मन्त्रालय पाउने सहमति भएको छ । लोसपा, नागरिक उन्मुक्ति, जनमतले १–१ मन्त्रालय पाउने सहमति भएको छ ।

झापाको मेचीनगर चिया बगानबाट ५५७ किलो गाँजा बरामद

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न
अरुपनि पढ्नुहोस
सबै
पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन
















