Opens in a new tab

सञ्चारमाध्यमहरूलाई नहच्किन एमाले अध्यक्ष ओलीकाे सुझाव 

नवलपुर टुडे

29Shares
dida bag ad

बुटवल । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले सञ्चारमाध्यमहरूलाई युटुब, फेसबुक, टिकटकलगायतका सामाजिक सञ्जालबाट नहच्किन आग्रह गरेका छन्। 

अध्यक्ष ओलीले समाचारका स्रोतहरू टेलिभिजनसहितका सञ्चारमाध्यामहरू नै भएकाले युटुब, फेसबुकलगायतका सामाजिक सञ्जालबाट हच्किन आवश्यक नरहेको बताए। 

बुधबार बुटवलमा आयोजित लुम्बिनी सामुदायिक टेलिभिजनको १७औँ वार्षिक साधारणसभामा बोल्दै उनले सामाजिक सञ्जालहरूसँग नेटवर्किङ नहुने भएकाले पनि त्यसबाट ताजा र तत्काल ब्रेकिङ न्युजको सम्भावना नरहेको तर्कसमेत गरे। 

नयाँ–नयाँ प्रविधि भित्र्याउन र टिमवर्कमा काम गर्न सञ्चारमाध्यमलाई सुझाव दिँदै ओलीले विश्वमा सञ्चारका नयाँनयाँ प्रविधिको प्रयोग बढाउन टेलिभिजनलाई आग्रह गरे। 

ओलीले ०४६ सालको परिवर्तनपछि नेपालका सञ्चारमाध्यमहरूको विकासले गति लिएको पनि स्मरण गराए। 

अरुपनि पढ्नुहोस

सबै

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

२०८३ कार्तिक २० | मध्यान्ह ०१:०७ बजे

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन

२०८३ कार्तिक २० | बिहान ११:०७ बजे