राजनीति

उपनिर्वाचनमा गठबन्धन नगरी चुनाव लड्ने रास्वपाको निर्णय

नवलपुर टुडे
२०७९ चैत्र १० | मध्यान्ह ०६:१२ बजे

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १० गते हुने उपनिर्वाचनमा गठबन्धन नगरी चुनाव लड्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकले सो निर्णय गरेको हो । बैठकले उपनिर्वाचनका  लागि प्रारम्भिक निर्वाचन प्रक्रिया सुरु गर्ने र ३ वटै क्षेत्रमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय समेत गरेको छ ।

निर्वाचन परिचालन समितिका लागि तनहुँमा सहमहामन्त्री कबिन्द्र बुर्लाकोटी, चितवनमा उपसभापति डोलप्रसाद अर्याल, बारामा गणेश कार्कीलाई संयोजक तोकिएको छ ।बैठकले विभिन्न केन्द्रीय विभागहरूमा सदस्य समेत मनोनयन गरिएको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए ।

कमेन्टहरु