राजनीति

प्रभु साह नेतृत्वको आम जनता पार्टी र माओवादी समाजवादीबीच एकता

नवलपुर टुडे
२०७९ चैत्र १० | मध्यान्ह ०४:१२ बजे

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी र नेकपा (माओवादी समाजवादी)बीच एकता भएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै दुई पार्टीबीच एकताको घोषणा गरिएको हो ।

एकतापछि पार्टीको नाम आम जनता पार्टी नै रहने भएको छ । एकता घोषणा कार्यक्रममा आम जनता पार्टीका अध्यक्ष साहले मुलुक अप्ठेरो अवस्थामा पुगेकाले विभिन्न शक्तिहरू एकीकृत हुनुपरेको बताए । अर्थतन्त्रको भ्रष्ट नीतिका कारण मुलुकको अर्थतन्त्र धरासयी बनेको भन्दै उनले यसमा नीति निर्माण तहमा पुगेका व्यक्तिहरू गम्भीर हुनुपर्ने बताए ।

अहिले नेताहरू ‘कुर्सीको व्यापारी बनेका’ले जनताहरू निराश हुनुपरेको उनको भनाइ छ । एकता कार्यक्रममा आम जनता पार्टीको दोस्रो संशोधित अन्तरिम विधान सार्वजनिक गरिएको थियो । 

कमेन्टहरु