प्रहरी प्रधान कार्यालयले दश फरार प्रहरीको सुचिसहित निकाल्यो

नवलपुर टुडे
२०७९ चैत्र १० | बिहान ०९:१२ बजे

काठमाडौँ । प्रहरी प्रधान कार्यालय नक्सालले दश प्रहरी फरार रहेको भन्दै हाजिर हुन आउन सूचना जारी गरेको छ । बाटोको म्यादबाहेक सात दिनभित्र हाजिर हुन नआए प्रहरी नियमावली बमोजिम कारबाही गरिने कानुन शाखाले निकालेको सूचनामा उल्लेख छ ।
यसरी फरार रहेको सूचीमा दीपेन्द्र सिंह, निरकुमार राई, दिपु अग्रवाल, गोविन्द केसी, राफल यादव, विशाल कुमार राई, आनन्द मण्डल, धर्मेन्द्र विक, आलेश थापामगर र हरिराज विक रहेका छन् ।
























