राजनीति

दार्चुला बहुमुखी क्याम्पसको सभापतिमा धामी निर्वाचित

नवलपुर टुडे
२०७९ चैत्र ९ | बिहान ०९:१२ बजे

दार्चुला । दार्चुला बहुमुखी क्याम्पसको सभापतिमा कृष्ण धामी निर्वाचित भएका छन्। बुधबार भएको स्ववियु निर्वाचनमा २ सय ७५ मत सहित सभापति पदमा धामी निर्वाचित भएका हुन्।

सचिवमा नेविसंघका जवन सिह डडाल २ सय ५३ मतसहित विजयी भएका छन्। कोषाध्यक्षमा भने साझा उम्मेदवार अनेरास्ववियुकी मनिषा डडाल विजयी भइन् । उनले २ सय ७० मत ल्याएर विजयी भइन्। 

कमेन्टहरु