राजनीति

पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न दमक पुगे राप्रपाका शीर्ष नेता

नवलपुर टुडे
२०७९ चैत्र ८ | मध्यान्ह ०४:१२ बजे

काठमाडौँ, चैत ८ । पूर्वराजा ज्ञानेन्द्र शाहसँग राप्रपाका शीर्ष नेताहरुले भेटवार्ता गरेका छन् । 

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनी, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवलशमशेर जवराले बुधबार झापाको दमकस्थित पूर्वराजाको निवास पुगेर भेटवार्ता गरेका हुन् । 

पूर्व राजासँगको भेटमा मुलुकको समसामयिक विषयमा कुराकानी भएको नेता लोहनीले बताए । यस्तै राप्रपा अध्यक्षलिङ्देनले पनि सामान्य भेटघाट भएको बताएका छन् । 

उनले मन्त्री भएपछि पूर्वराजासँग भेट गर्न नपाएको बताउँदै आफूसहितका पदाधिकारी भेटका लागि पुगेको बताए । 

कमेन्टहरु