राजनीति

दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा अत्तरियामा आज मतदान

नवलपुर टुडे
२०७९ चैत्र ८ | बिहान ०९:१२ बजे

कैलाली । कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा आज बुधबार स्वबियु निर्बाचनको हुँदै छ ।

निर्बाचनको लागी ३ वटा मतदान स्थल बनाइएको छ । मत पत्र छापाई देखी अन्य सुरक्षाको तयारी समेत पुरा भएको समितीले जनाएको छ।

आज बिहान ८ बजे देखी ४ बजे सम्म मतदान गर्न सकिने छ । यस क्याम्पसमा झण्डै ११ सय ७२ मतदाता रहेका छन्। निर्बाचनमा सभापतिको लागी ५ जना चुनाबी मैदानमा होमिएका छन्।

नेबिसंघ र अखिल क्रान्तिकारीको संयुक्त प्यानल बनेको छ भने अनेरास्वबियु एकल प्यानल सहित चुनाबमा जाने भएको छ। यस्तै २ जनाले स्वतन्त्र टिम सहित उम्मेदवारी दिएका छन्। 

कमेन्टहरु